समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी–१ गोलधाप बजारमा दिनदहाडै चोरी

शान्ता उप्रेती/हल्दीबारी, असार ६ । झापाको हल्दीबारी गाउँपालिका–१, गोलधाप बजार नजिक बिमला देवी सिटौलाको घरमा दिउँसोको समयमा चोरी भएको छ।

Advertisement

घरमा एक्लै बस्दै आएकी सिटौला केहीबेरका लागि आवश्यक सामान किन्न बजार गएकी थिइन्। त्यसैबेला चोर समूहले मौका छोपी घरको ग्रिल ढोका तथा भित्रका दुईवटा ढोकाको ताला फोडी दराज फुटाएर सुनको सिक्री, औंठी र नगद गरी करिब तीन लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी गरेका छन्।

Advertisement

पीडित सिटौलाका अनुसार घर फर्किँदा सबै कोठाका सामान लथालिङ्ग पारिएको अवस्थामा फेला परेको थियो। घटनाको जानकारी पाएपछि प्रहरी चौकी गोलधापबाट टोली पुगेर घटनास्थलको मुचुल्का उठाउँदै प्रारम्भिक अनुसन्धान अघि बढाइएको बताइएको छ।

गोलधाप प्रहरी चौकीले हालैका दिनहरूमा दिनदहाडै चोरीका घटना बढ्दै गएको जनाउँदै सबै स्थानीयवासीलाई सतर्क र सचेत रहन अनुरोध गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article