अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकाको १८औं गाउँसभा : शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई उच्च प्राथमिकता

नेत्रविक्रम बिमली/ झापा । झापा गाउँपालिकाको १८औं गाउँसभामा  पालिका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।

Advertisement

Advertisement

सभामा प्रस्तुत नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार, ढल तथा सडक स्तरोन्नति, फोहोरमैला व्यवस्थापन, खेलकुद पूर्वाधारमा लगानी, तथा सुरक्षित र स्वच्छ खानेपानीमा नागरिकको पहुँच वृद्धिलाई प्राथमिकता दिइएको छ।

त्यस्तै सुशासन र प्रभावकारी सेवा प्रवाह, उत्तरदायी तथा पारदर्शी स्थानीय सरकार निर्माण, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन, साथै स्थानीय रोजगारी सिर्जनालाई पनि नीति तथा कार्यक्रममा विशेष स्थान दिइएको छ।

पालिका नेतृत्वले आन्तरिक राजस्वको दायरा विस्तार गरी आत्मनिर्भरता र स्वावलम्बनमा जोड दिने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाको समुन्नत विकासका लागि आवश्यक सबै पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको समेत उल्लेख गरिएको छ।

मुख्य आर्थिक विकासका तीन आधार

वार्षिक कार्यक्रमअनुसार पालिकाले आर्थिक समृद्धिका लागि निम्न तीन मुख्य क्षेत्रलाई प्राथमिकता दिनेछ:
१. कृषि तथा पशुपालन
२. बैंक तथा वित्तीय संस्था
३. पर्यटन र वित्तीय व्यवस्थापन

सामाजिक तथा सांस्कृतिक विकासका १४ नीति

सामाजिक तथा सांस्कृतिक विकासका लागि पालिकाले चौध वटा नीति अगाडि सारेको छ। तीमध्ये प्रमुख नीतिहरू यस्ता छन्:

शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद

खानेपानी तथा सरसफाइ

महिला, बालबालिका, ज्येष्ठ नागरिक

आदिवासी, जनजाति, दलित

अपांगता, यौनिक तथा लैङ्गिक अल्पसंख्यक

खस–आर्य समुदाय

सांस्कृतिक संरक्षण र प्रवर्द्धन

सामाजिक न्याय र मेलमिलाप

भूमि नीति तथा शान्ति–सुरक्षासम्बन्धी विषयहरू

योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि पालिकाले सम्बद्ध निकायहरूसँग सहकार्य गर्ने जनाएको छ। आगामी वर्षभित्रै नीति तथा कार्यक्रमहरूलाई व्यवहारमा उतार्ने तयारी भइरहेको पालिकाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article