समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको टिमाई खोलाबाट अवैध ढुङ्गा ओसार्ने पाँच ट्याक्टर नियन्त्रणमा

झापा, २०८२ असार ७ । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ टिमाई खोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा) अवैध रुपमा ओसारपसार गरिरहेका पाँचवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

शनिबार बिहान करिब ११:३० बजे अस्थायी प्रहरी चौकी मङ्गलबारेबाट खटिएको गस्ती टोलीले टिमाई खोला क्षेत्रमा अनुगमनका क्रममा उक्त ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टरहरूलाई अस्थायी प्रहरी चौकी मङ्गलबारेमा राखी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि बुद्धशान्ति गाउँपालिका कार्यालय, बुधबारे झापा पठाएको जनाएको छ।

Advertisement

नियन्त्रणमा लिइएका ट्याक्टर नम्बरहरू  १) मे. १ त. ५१३५, २) मे. १ त. ७३७२, ३) मे. १ त. ७५४३, ४) मे. १ त. ५४४६, ५) मे. १ त. २४६१ रहेकाछन् ।

प्रहरीले अवैध रूपमा नदीजन्य सामग्री ओसारपसार गर्ने कार्यविरुद्ध निगरानी र कडाइ गर्दै आएको जनाएको छ। यसअघि पनि सोही क्षेत्रमा यस्ता गतिविधिहरूको उजुरीपछि अनुगमन तिव्र पारिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article