हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाका ३०२ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

हल्दीबारी, असार ८ – हल्दीबारी गाउँपालिकाले सामाजिक सुरक्षा सुदृढीकरणको लक्ष्यसहित आर्थिक वर्ष २०८१/०८२ मा  ३०२ घरधुरी परिवारलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गरेको छ।

Advertisement

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रका अनुसार वडा नं. १ का ४२, वडा नं. २ का ५८, वडा नं. ३ का २९, वडा नं. ४ का १००, वडा नं. ५ का ६१ र गाउँपालिकाको तर्फबाट थप १२ परिवार गरी कुल ३०२ घरधुरीको बीमा गरिएको हो।

Advertisement

स्वास्थ्य बीमा योजनाबाट अति विपन्न, दलित लगायतका समुदायका १,५१० जना नागरिक प्रत्यक्ष लाभान्वित हुने छन्। पालिकाले सबै वडाबाट यस्ता समुदाय छानेर बीमा खर्च वडा मार्फत नै व्यहोरेको जनाएको छ।

गाउँपालिकाले भविष्यमा अझ धेरै नागरिकलाई यो सेवामा समेट्ने योजना समेत बनाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)