समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

७८ वर्षीय वृद्धद्वारा कन्काई नहरमा हामफालेर आत्महत्या

झिलझिले, झापा — झापाको शिवसताक्षी नगरपालिकामा एक ७८ वर्षीय वृद्धले कन्काई नहरमा हामफालेर आत्महत्या गरेका छन्।

Advertisement

आइतबार बिहान शिवसताक्षी–७ व्यङ्गडाडाका राधाकृष्ण सोडारीले घर नजिकै रहेको कन्काई नहरमा हामफालेका हुन्। स्थानीयवासीका अनुसार उनले नहरमा हामफालेको देखेपछि केहीले उद्धार प्रयास गरे पनि नहरको गहिराइ र साइफनको भेलका कारण तत्काल उद्धार सम्भव हुन सकेन।

Advertisement

प्रत्यक्षदर्शीले बताएअनुसार, “हामीले उहाँलाई हामफाल्दै देख्यौं, तर पानीको बहाव तीव्र भएकाले बचाउन सकिएन।” सोडारीको शव वडा नम्बर ११ स्थित साइफन क्षेत्रमा अड्किएको अवस्थामा भेटिएको थियो।

स्थानीयबासी र प्रहरीको सहयोगमा शव उद्धार गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कानूनी प्रक्रिया अनुसार मुचुल्का तयार गर्ने कार्य भइरहेको छ।

सोडारीले आत्महत्या गर्नुपर्ने कारण खुल्न नसके पनि केही समयदेखि उनी मानसिक तनावमा रहेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article