हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी-२ का १४ जना दलित विद्यार्थीलाई साइकल वितरण

हल्दीबारी, असार ८ — हल्दीबारी गाउँपालिका वडा नम्बर २ ले दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत १४ जना छात्रछात्रालाई साइकल वितरण गरेको छ। वडाको सिलिङ बजेटमार्फत हल्दीबारी मावि, सरस्वती आवि, नवसृजनावि, राष्ट्रिय एकता प्रावि र जनता प्राविका विद्यार्थीहरूलाई साइकल प्रदान गरिएको हो।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष रचना कुलुङ राई प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा सदस्य एवं दलित सशक्तिकरण कार्यक्रम संयोजक अम्बिका तोलाङ्गीले गर्नुभएको थियो।
कार्यक्रममा  प्रमुख अतिथि राई कार्यक्रमको अध्यक्ष अम्बिका ताेलाङ्गी , सदस्य विष्णु राईले समेत शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सहजीकरण वडा सचिव मदन थापाले गर्नुभएको थियो।
साइकल वितरणमा हल्दीबारी माविका ६ जना, सरस्वती आविका ३ जना, नवसृजना प्राविका २ जना, राष्ट्रिय एकता प्राविका २ जना र जनता प्राविका १ जना विद्यार्थीले दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत साइकल पाएका थिए।
कार्यक्रममा वडा सदस्य  गणेश कुमार मगर , जनता प्राविका प्रधानाध्यापक हेमलाल राजवंशी, नव सिर्जना प्राविका व्यवस्थापन समितिका अध्यक्ष सुर्य माङयुङ,  अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)