समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

अपाङ्ग महिला गर्भवती बनाउने हल्दीबारीका ज्येष्ठ नागरिक प्रहरीको फन्दामा

हल्दीबारी, असार ८। हल्दीबारी गाउँपालिका–२ का एक ज्येष्ठ नागरिकलाई स्थानीय एक अपाङ्ग महिलालाई गर्भवती बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

Advertisement

प्रहरी स्रोतका अनुसार उक्त महिला मानसिक तथा शारीरिक रूपमा अशक्त अवस्थामा रहेको र महिलाको पेट बढ्दै गएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले वृद्धलाई नियन्त्रणमा लिएको जनाएको छ।

Advertisement

हाल घटनाको थप अनुसन्धान भइरहेको छ भने पीडित महिलाको स्वास्थ्य परीक्षण तथा संरक्षणका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

समाचारको विस्तृत विवरण आउन बाँकी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article