हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाको निर्णय : अब रगत निःशुल्क उपलब्ध हुने

हल्दीबारी, असार ८ – हल्दीबारी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनले गाउँपालिकाभित्रका नागरिकलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

Advertisement

यसका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै झापा जिल्लाभरका अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगतको शुल्क गाउँपालिकाले व्यहोर्ने निर्णय पारित गरिएको हो।

Advertisement

गाउँपालिकाले रगत व्यवस्थापनका लागि चालु आर्थिक वर्षको बजेटमा पाँच लाख रुपैयाँ विनियोजन गरेको छ। नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरी यही साउन महिनादेखि योजना लागू गरिने जानकारी दिइएको छ।

यस योजनाबाट विशेष गरी क्यान्सर पीडित, डायलसिस गरिरहेकाहरू, सुत्केरी महिला लगायतका सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)