समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

अर्जुनधारामा ग्याँस लिक भएर आगलागी

झापा जिल्ला अर्जुनधारा नगरपालिका–६ स्थित माता मन्दिर छेउमा बसोबास गर्ने कृष्ण तिमल्सिनाको भान्सा घरमा आज बिहान ११:३५ बजे  ग्याँस सिलिण्डर लिक भई रेगुलेटरमा आगो लागेको घटनाले त्रास फैलिएको छ।

Advertisement

आगलागी भएको जानकारी पाएपछि स्थानिय बासिन्दा, नेपाल प्रहरी र बिर्तामोड नगरपालिका दमकल टोलीको सक्रियतामा आगो ऐन १२:०० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको हो।
घटनाबाट तिमल्सिनाको भान्सा घरमा रहेको फ्रिज १ थान, दराज १ थान र ठेकी १ थान गरी करिब रू. ५०,००० बराबरको क्षति भएको जनाइएको छ।

Advertisement

सौभाग्यवश घटनामा कुनै मानविय वा चौपाया क्षति नभएको पुष्टि भएको छ। स्रोतका अनुसार आगलागीको मुख्य कारण ग्याँस लिक भएर रेगुलेटरमा आगो लाग्नु रहेको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article