समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा हात्तीले मच्चायो आतङ्क, ३ घरमा तोडफोड, १ जना सामान्य घाइते

झापा, २०८२ असार ९ । बिर्तामोड नगरपालिका–०८, शुक्रवारे टोलमा आज बिहानको समयमा ३/४ वटा समूहको हात्तीले एकाएक बस्तीमा प्रवेश गरी घर र धनमालमा ठूलो क्षति पु-याएको छ। देउनिया खोलातर्फ फर्केका हात्तीहरूले मानवीय क्षति भने नगरेको जनाइएको छ।

Advertisement

क्षतिको विवरण निम्नानुसार छ:

Advertisement

१) सुफल मनि (५५ वर्ष) – बासको टाँटी बेरा भत्काएर अन्दाजी रु. १०,००० बराबरको क्षति पुगेको छ। भाग्ने क्रममा अनुहारमा सामान्य चोट लागेका मनि आज बिहान ८:१५ बजे प्रदेशिक अस्पताल, भद्रपुरमा उपचारका लागि गएका छन्। अवस्था सामान्य रहेको बताइएको छ।

२) कृष्ण प्रसाद उप्रेती (५६ वर्ष) – सिमेन्टको पर्खाल भत्काएर रु. ५०,००० बराबरको क्षति पु-याइएको छ।

३) शिवकुमारी मगर (४३ वर्ष) – आगनमा राखिएको भकारीबाट हात्तीले अन्दाजी १०० किलो चामल खाएर रु. ५०,००० बराबरको क्षति पु-याएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article