समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाद्वारा दीर्घ सेवा गरेका दुई कर्मचारी सम्मानित

हल्दीबारी, असार ९ । हल्दीबारी गाउँपालिकाको १९औं गाउँसभाको अवसरमा ३० वर्षभन्दा बढी समयसम्म सेवा गरेका दुई कर्मचारीलाई विशेष सम्मान गरिएको छ।

Advertisement

Advertisement

सम्मानित हुनेमा वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेल र वडा नं २ स्थित स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद ढकाल रहेका छन्। उहाँहरू यही साउन महिनाबाट अवकाश प्राप्त गर्न लाग्नु भएको हो।

गाउँपालिकाले हरेक वर्षको हिउँदे अधिवेशनमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै आएको परम्परा अनुसार, यसपालि दीर्घ सेवा योगदान दिएका पोखरेल र ढकाललाई सम्मान गरिएको हो।

गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेव मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनको उपस्थितिमा आयोजित गाउँसभामा नगद राशिसहित प्रशंसा पत्र प्रदान गर्दै उहाँहरूलाई सम्मान गरिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article