haldibari.com
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाको १९औँ गाउँसभाबाट पालिका गान स्वीकृत :  अब सबै कार्यक्रममा राष्ट्रिय गानपछि पालिका गान अनिवार्य

हल्दीबारी, असार ९ । हल्दीबारी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनले ऐतिहासिक निर्णय गर्दै पालिका गान स्वीकृत तथा लागू गरेको छ।

Advertisement

गाउँपालिकाका भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्षहरू समेटिएको उक्त पालिका गानले हल्दीबारीको पहिचान र अस्तित्वलाई झल्काउने उद्देश्य लिएको छ।

Advertisement

गाउँसभा बैठकमा निर्णयअनुसार अबदेखि हल्दीबारी गाउँपालिकाको कुनै पनि आधिकारिक कार्यक्रम, सभा वा समारोहहरूमा राष्ट्रगानपछि पालिका गान अनिवार्यरूपमा गाइनेछ।

यस निर्णयसँगै स्थानीय तहको मौलिकता, आत्मसम्मान र सांस्कृतिक चेतनाको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article