शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

विद्यालय र प्रहरी चौकीलाई हरेक महिना २५ हजार युनिटसम्म निःशुल्क पानी

हल्दीबारी, असार ९। हल्दीबारी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयहरू र प्रहरी चौकीहरूलाई हरेक महिना २५,००० युनिटसम्म निःशुल्क पानी उपलब्ध गराउने भएको छ।
गाउँपालिकाको १९औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमार्फत यो निर्णय सार्वजनिक गरिएको हो। यसअगाडि आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक नागरिकका लागि १०,००० युनिट पानीको महसुल गाउँपालिकाले बेहोर्दै आएकोमा, आगामी वर्ष २०८२/८३ मा पनि त्यसलाई निरन्तरता दिइनेछ।
जलथल, गोलधाप र हल्दीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत धारामा जडान भएका परिवारहरूको १०,००० युनिटसम्मको पानी महसुल गाउँपालिकाले तिर्नेछ। साथै, गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालय र प्रहरी चौकीहरूलाई प्रति महिना २५,००० युनिट पानी निःशुल्क उपलब्ध गराउने नीति पनि बजेटमार्फत अगाडि सारिएको हो।
गाउँपालिकाले यस्तो निर्णय लिएर शिक्षाका साथै सुरक्षा क्षेत्रमा समेत आधारभूत सेवा सुनिश्चित गर्न महत्त्वपूर्ण पहल गरेको देखिएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article