अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाह्रदशी गाउँपालिकाले ५५ करोडको बजेट सार्वजनिक, नीति तथा कार्यक्रम प्रस्तुत

बाह्रदशी । बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

Advertisement

गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन आजबाट सुरु भएको हो। अधिवेशनको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाइँले आगामी वर्षका लागि विभिन्न विकास योजना समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।

Advertisement

त्यसैगरी, उपाध्यक्ष शान्ता देवी शिवाकोटीले आय–व्यय विवरणसहितको बजेट प्रस्ताव सभा समक्ष पेश गर्नुभयो।

कोशी प्रदेश गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ अनुसार सञ्चालन गरिएको अधिवेशनको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले गर्नुभएको हो।

गाउँसभामा विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२ तथा विभिन्न विषयगत समितिका प्रतिवेदनहरू पनि पेश गरिएको जानकारी प्राप्त भएको छ।

१७औँ गाउँसभा अधिवेशनको दोस्रो बैठक यही असार १३ गते शुक्रबार बिहान ८ बजेबाट बस्ने कार्यक्रम रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article