समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

“एक्लो कोही छैन अब — झापा गाउँपालिकाको प्रतिबद्धता”

झापा । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै एकपछि अर्को जनमुखी योजना अघि सारेको छ। सुत्केरी महिला, ज्येष्ठ नागरिक, विधुर तथा विपन्न वर्गलाई समेट्ने गरी ल्याइएका कार्यक्रमहरूले स्थानीयको मन जितेका छन्।

Advertisement

कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले गाउँसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निर्वाचित अध्यक्ष जय नारायण शाहको नेतृत्वमा २०७४ सालदेखि सञ्चालनमा आएका जनहितका कार्यक्रमहरूलाई अझ सशक्त बनाइने प्रतिवद्धता जनाइन्।

Advertisement

गाउँपालिकाले अबदेखि सुत्केरी महिलालाई स्याहार भत्तास्वरूप ९ हजार रुपैयाँ प्रदान गर्नेछ। यसका साथै, गाउँमा हुने मृत्यु संस्कार तथा समवेदनाका लागि २० हजार रुपैयाँ सहयोग रकम दिइनेछ।

८४ वर्ष नाघेका ज्येष्ठ नागरिक र ६० वर्ष पार गरेका विधुरहरूलाई पनि बार्षिक ७ हजार ५ सय रुपैयाँसम्म सम्मान रकम दिने योजना सार्वजनिक गरिएको छ। विपन्न परिवारहरूका लागि स्वास्थ्य बीमा कार्यक्रम साझेदारीमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया अनुसार, “यी कार्यक्रमहरूले स्थानीय नागरिकको जीवनस्तर उकास्न र सामाजिक न्याय र उत्तरदायित्व पुरा गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article