हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा पैसा नदिँदा रिसको झोकमा नातिबाट हजुरआमामाथि खुकुरी प्रहार

झापा, असार १२ । झापाको भद्रपुर नगरपालिका–१० स्थित सत्र बिगेमा आज बिहान नातिले आफ्नै हजुरआमामाथि खुकुरी प्रहार गरेका छन्।

Advertisement

झापा प्रहरीले दिएको जानकारीअनुसार, अन्दाजी बिहान ५ बजेको समयमा २७ वर्षीय महेश सुबेदीले आफ्नी ७२ वर्षीया हजुरआमा थिनमाया सुबेदीमाथि खुकुरी प्रहार गरेका हुन्।

Advertisement

थिनमाया सुबेदी घरमा एक्लै बस्दै आएकी थिइन्। महेश आज बिहान घरमा आइ पैसा मागेका थिए, तर हजुरआमाले पैसा नदिएपछि रिसको आवेगमा उनले खुकुरी प्रहार गरेका जनाइएको छ।

प्रहारबाट थिनमायाको चिउँडो गम्भीर रूपमा काटिएको छ। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारपछि महेश सुबेदी फरार भएका छन्। अहिले प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)