शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा गरिबी न्यूनिकरणका लागि लघु उद्यमी तालिम सफलतापूर्वक समापन

झापा । हल्दीबारी गाउँपालिकाको आयोजनामा संचालित गरिबी न्यूनिकरणका लागि लघु उद्यमी विकास कार्यक्रम अन्तर्गत संचालन भएका विभिन्न तालिमहरू आज एकैसाथ समापन भएका छन्।

Advertisement

Advertisement

लघु उद्यमी तालिम अन्तर्गत ६ जनाले सिलाइ कटाई, ५ जनाले ब्युटीसियन, १५ जनाले क्रिस्टल माला बनाउने र ७ जनाले वार्पिङ्ग ड्रम तालिम लिएका थिए।

समापन समारोह हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, सिटिजन बैंक हल्दीबारीका प्रमुख भोला शंकर शाह, कर्जा प्रमुख मिलन तिवारी, तालिमका प्रशिक्षकहरू र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष मैनाली, प्रमुख प्रशासकीय अधिकृत वन महेन्द्र, सिटिजन बैंकका म्यानेजर भोला शंकर शाह र ब्युटीसियन प्रशिक्षक पवित्रा ओलीले तालिममा सहभागीहरूका अनुभव र व्यवसायीकरणका बारेमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

समापन समारोहमा उपाध्यक्ष मैनाली र प्रमुख प्रशासकीय अधिकृत वनले तालिममा सहभागी प्रशिक्षक एवं प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यस प्रकारका तालिमले स्थानीय युवाहरूलाई स्वरोजगारतर्फ अघि बढ्न सहयोग पुगेको छ र गाउँपालिकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article