हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी : “नारी शक्ति, परिवारको शान — अब असल बुहारीलाई सम्मान”

हल्दीबारी, झापा। हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ देखि समाजमा सकारात्मक प्रभाव पार्न सफल, कर्तव्यनिष्ठ र संस्कारयुक्त बुहारीहरूलाई विशेष सम्मान गर्ने निर्णय गरेको छ।

Advertisement

गाउँसभाबाट पारित नीति तथा कार्यक्रम अन्तर्गत सुरु हुने यो ‘असल बुहारी सम्मान कार्यक्रम’ले सामाजिक सद्भाव, महिला सशक्तीकरण र पारिवारिक मूल्य प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

Advertisement

गाउँपालिका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष देवी बहादुर थापाका अनुसार, स्थानीय स्तरमा प्रेरणादायी भूमिका निर्वाह गरिरहेका महिलाहरूलाई पहिचान गरी प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गर्न लागिएको हो।

यसअघि नेपाल रेडक्रस सोसाइटीको पहलमा असल सासु तथा असल बुहारीको सम्मान हुँदै आएको थियो। तर अबदेखि गाउँपालिकाले पनि संस्थागत ढंगले यो कार्यक्रमलाई अघि बढाउने घोषणा गरेको छ।

यो कार्यक्रमले महिला योगदानप्रति सामाजिक कदर र सम्मानलाई अझ गहिरो बनाउने विश्वास गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)