समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लागू औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस — झापामा प्रभातफेरी र समापन कार्यक्रम सम्पन्न

झापा, असार १२। जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

२०७९ असार १२ गते सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षता रहेको थियो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल प्रमुख अतिथि थिए।

Advertisement

सुरक्षा समिति, जनप्रतिनिधि, विभिन्न संघसंस्था, शिक्षक र विद्यार्थी गरी झण्डै १५० जनाको उपस्थितिमा प्लेकार्ड सहित चन्द्रगढी बजार परिक्रमा गर्दै प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो।

समापन कार्यक्रम जिल्ला प्रशासन कार्यालय परिसरमै सम्पन्न भएको हो। यस दिवसले युवाहरूमाझ लागू औषध दुरुपयोग विरुद्धको चेतना अभिवृद्धि गर्ने र सामाजिक उत्तरदायित्वबोध गराउने उद्देश्य राखेको आयोजकले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article