हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको अर्जुनधारामा लागु औषध गाँजासहित दुई जना पक्राउ

झापा, २०८२ असार १३ गते । जिल्ला झापा अर्जुनधारा नगरपालिका–६, पुष्पलाल चौकस्थित हिजो ०४:३० बजेको समयमा ५९ वर्षीया अमृत माया लिम्बुको घरमा लागु औषध गाँजा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रचण्ड प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी नायब निरीक्षक (प्रनानि) उमेश श्रेष्ठको टोलीले लिम्बुको घरमा छापा मारेको छ।

Advertisement

छानबिनको क्रममा लिम्बुको घरबाट १ केजी ८८२ ग्राम लागु औषध गाँजा बरामद गरिएको छ। साथै, घटनास्थलबाट जिल्ला इलाम, इलाम नगरपालिका–१२ स्यानाङ्बा स्थायी ठेगाना भई हाल अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन झुलुङ्गे पुलमा कार्यरत २० वर्षीय रोशन भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा समेत फेला परेको छ।

Advertisement

दुबैजना बाट जम्मा १ केजी ८८८ ग्राम ६३० मिलिग्राम लागु औषध गाँजा बरामद गरिएको हो। दुबै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)