समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

एसईईको नतिजा कसरी हेर्ने ?

झापा, असार १३ — माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बोर्ड बैठक सम्पन्न भएपछि पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो।

Advertisement

परीक्षा बोर्डका अनुसार नतिजा एसएमएस, आईभीआर (इन्टरएक्टिभ भ्वाइस रिस्पोन्स) तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिनेछ। एसएमएस र आईभीआर सेवा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी र अल स्टार आईटी सोलुसन्समार्फत उपलब्ध हुने बोर्डले जानकारी दिएको छ।

Advertisement

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाल लगायतका वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिनेछ।

यस वर्षको एसईई परीक्षा २०७८ साल चैत ७ गतेदेखि सुरु भएको थियो। बोर्डका अनुसार नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना परीक्षार्थी सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।

नतिजासँगै अब विद्यार्थीहरू उच्च माध्यमिक शिक्षाको तयारीमा जुट्ने छन्। बोर्डले नतिजासम्बन्धी थप जानकारी आफ्नो वेबसाइट तथा सञ्चार माध्यमहरूमा हेर्न अनुरोध गरेको छ।

🖥️ वेबसाइटमार्फत नतिजा हेर्ने

नतिजा हेर्न निम्न वेबसाइटहरूमा जानुहोस्:

📩 SMS मार्फत नतिजा हेर्ने

मोबाइलको म्यासेज बक्समा जानुहोस् र यसरी टाइप गर्नुहोस्:

SEE <स्पेस> सिम्बोल नम्बर

उदाहरण: SEE 12345678D
र पठाउनुहोस्:
📱 1600 (नेपाल टेलिकम)
📱 35001 (Janaki Technology)
📱 31003 (Aakash Tech)
📱 34949 (Swift Technology)
📱 32002 (All Star IT Solutions)

☎️ IVR (भ्वाइस) सेवा मार्फत नतिजा सुन्ने

नेपाल टेलिकमको १६०० नम्बरमा फोन गरी निर्देशानुसार आफ्नो सिम्बोल नम्बर टाइप गरी नतिजा सुन्न सकिन्छ।

📱 मोबाइल एप्स / डिजिटल वालेटमार्फत

निम्न एपहरूमार्फत पनि नतिजा हेर्न सकिन्छ:

  • 📲 Khalti

  • 📲 eSewa

  • 📲 SCT Smart Card Nepal

  • 📲 Edusanjal SEE App

  • 📲 Nepal Telecom SEE Result App

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article