हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाह्रदशी गाउँपालिकाको पहल : सिचाइ मोटरको विद्युत महसुल अब पालिकाबाटै

बाह्रदशी, झापा । बाह्रदशी गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत किसानहरूको हितमा उल्लेखनीय निर्णय लिँदै सिचाइ मोटरको विद्युत महसुल सतप्रतिशत तिरिदिने व्यवस्था सुनिश्चित गरेको छ।

Advertisement

गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लगाईँका अनुसार, “निम्न आय भएका किसानहरूलाई यो योजनाले ठूलो राहत पुर्‍याउनेछ। कृषि उत्पादन बढाउने लक्ष्यसहित अब किसानले सिचाइका लागि प्रयोग हुने विद्युत खर्च बेहोर्नु नपर्ने भएको छ।”

Advertisement

पालिकाले कृषि प्रयोजनमा प्रयोग हुने विद्युत खपतको सम्पूर्ण खर्च व्यहोर्ने गरी बजेट विनियोजन गरेको हो। यसबाट कृषिमा लगानीको जोखिम कम हुने र किसानको आम्दानी वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै यस किसिमको व्यावहारिक र किसानमुखी कार्यक्रम अघि सारेको हो, जसले कृषि पेशालाई अझ आकर्षक र दिगो बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)