हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको कचनकवलमा धान रोप्ने क्रममा एक महिलाको निधन

झापा, कचनकवल । झापाको कचनकवल गाउँपालिका–६ मा धान रोप्ने क्रममा एक महिलाको निधन भएको छ। बिहीबार दिउँसो करिब २:३० बजेतिर ५५ वर्षीया बोलोसरी राजवंशीको खेतमै अचानक ढलेर ज्यान गएको हो।

Advertisement

स्थानियका अनुसार रोपाइँको काम गर्दै गर्दा एक्कासि खेतमै लडपड भएपछि बोलोसरीलाई उठाएर आलीमा ल्याइएको थियो। त्यसपछि तत्कालै बनियानी स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकका देवर सन्तलाल राजवंशीका अनुसार ह्रदयघातका कारण ज्यान गएको हुन सक्ने आशंका गरिएको छ।

Advertisement

बोलोसरीका श्रीमानको पनि झन्डै १२ वर्षअघि ह्रदयघातकै कारण मृत्यु भएको थियो। मृतकको आज अन्त्येष्टि गरिएको सन्तलालले जानकारी दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)