हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

‘काँटा लगा’ गीतबाट चर्चामा आएकी अभिनेत्री शेफाली जरीवालाको निधन

मुम्बई, असार १३ । चर्चित भारतीय अभिनेत्री, मोडल तथा रियालिटी शो ‘बिग बोस १३’ की प्रतिस्पर्धी शेफाली जरीवालाको हृदयघातका कारण निधन भएको छ। ४२ वर्षीया शेफालीको शुक्रबार राति मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनका पति, अभिनेता पराग त्यागीले उनलाई अस्पताल पुर्‍याएका थिए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। निधनपछि उनको शव पोस्टमार्टमको लागि राति १२:३० बजे कूपर अस्पताल लगिएको थियो।

Advertisement

यसैबीच, मुम्बई प्रहरीले घटनाको अनुसन्धान थालेको छ। प्रहरी र फोरेन्सिक टोली राति अबेर शेफालीको अंधेरीस्थित घरमा पुगेको थियो। फोरेन्सिक टोलीले घटनास्थलमा शंकास्पद कुराको खोजी गरेको छ। हालसम्म मृत्युको आधिकारिक कारण सार्वजनिक नगरिए पनि प्रहरी र विज्ञहरूको सक्रियताले घटनालाई गम्भीर रूपमा लिइएको संकेत गरेको छ।

शेफाली जरीवालाले आफ्नो करिअरको आरम्भ सन् २००२ मा रिलिज भएको सुपरहिट म्युजिक भिडियो ‘काँटा लगा’ बाट गरेकी थिइन्। यस भिडियोमा उनको बोल्ड लुक र अभिनयका कारण उनी रातारात चर्चित बनेकी थिइन्। त्यसपछि उनी सलमान खान अभिनीत फिल्म ‘मुझसे शादी करोगी’ मा देखा परिन्। सन् २०१९ मा वेब सिरिज ‘बेबी कम ना’ मा समेत अभिनय गरेकी थिइन्। साथै, उनी ‘बुगी वूगी’, ‘नच बलिए’जस्ता डान्स रियालिटी शोहरूको हिस्सा बनेकी थिइन्।

उनको अन्तिम पर्दा उपस्थिति सन् २०२४ को टिभी कार्यक्रम ‘शैतानी रश्मे’ मा भएको थियो।

शेफालीको व्यक्तिगत जीवन पनि चर्चाको विषय बनिरहन्थ्यो। सन् २००४ मा उनले मीत ब्रदर्सका संगीतकार हरमीत सिंहसँग पहिलो विवाह गरेकी थिइन्, तर सन् २००९ मा उनीहरू छुट्टिए। त्यसपछि सन् २०१५ मा उनले अभिनेता पराग त्यागीसँग दोस्रो विवाह गरेकी थिइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)