समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिजुलीको पोलबाट करेन्ट प्रवाह हुँदा झापामा गाईको ज्यान गयो

झापा, २०८२ असार १४ । झापा जिल्लाको कनकाई नगरपालिका–५ स्थित बियर फ्याक्ट्री नजिकैको क्षेत्रमा आज बिहान करिब ९:२५ बजेको समयमा पानी परिरहेको अवस्थामा एक दुःखद घटना भएको छ।

Advertisement

ऐतिहासिक आवास बस्ने देवु मण्डलको सेतो रङको गाई सडक छेउमा घाँस खाइरहेका बेला अचानक बिजुलीको पोलबाट करेन्ट प्रवाह भएको र उक्त गाईलाई करेन्ट लागेको जनाइएको छ।

Advertisement

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, भीजेको अवस्थाले बिजुलीको पोलमा समस्या उत्पन्न भएको हुनसक्ने अनुमान गरिएको छ। करेन्ट लागेपछि गाई घटनास्थलमै मरेको पुष्टि गरिएको छ।

घटनाबारे जानकारी पाएपछि सम्बन्धित निकायहरू घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article