शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा एसईई उत्तीर्ण ६५.७४ प्रतिशत , ३४ प्रतिशत विद्यार्थी ‘नन-ग्रेडेड’

हल्दीबारी डट कम /असार १४ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा झापाबाट सहभागी भएका परीक्षार्थीमध्ये ६५.७४ प्रतिशत  उत्तीर्ण भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार झापामा १५,२४१ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ५,२०६ जनाको नतिजा ‘नन-ग्रेडेड’ मा परेको छ। यो कुल परीक्षार्थीको ३४.२६ प्रतिशत हो।
देशभरको औसत उत्तीर्ण प्रतिशत ६१.८१ प्रतिशत रहेकोमा झापा यसभन्दा अगाडि रहेपनि, एक तिहाइभन्दा बढी विद्यार्थी ग्रेडविहीन हुनु शिक्षा प्रणालीमाथिको गम्भीर प्रश्न बनेको छ।
झापाका उत्तीर्ण विद्यार्थीहरूको जीपीए अनुसार विवरण:
जीपीए दायरा विद्यार्थी संख्या प्रतिशत (%)
३.६० – ४.०० १५२८ १०.०५ %
३.२० – ३.६० ३४३२ २२.५८ %
२.८० – ३.२० ३३०५ २१.७५ %
२.४० – २.८० १५८३ १०.४२ %
२.०० – २.४० १४३ ०.९४ %
नन-ग्रेडेड ५२०६ ३४.२६ %
शिक्षा विकास तथा समन्वय इकाइ झापाका अनुसार, विद्यार्थीले ग्रेड नै नपाउनु गम्भीर चिन्ताको विषय हो। यसले सिकाइको गुणस्तर, विद्यार्थीको उपस्थिति र विद्यालय व्यवस्थापन प्रणालीमा व्यापक सुधार आवश्यक रहेको संकेत गर्छ।
‘नन-ग्रेडेड’ विद्यार्थीहरूका लागि आगामी साउन २९ गतेदेखि मोका परीक्षा सञ्चालन हुने जानकारी बोर्डले दिएको छ। सम्बन्धित विद्यार्थी तथा विद्यालयहरूले उक्त तयारीमा जुट्न आवश्यक देखिएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article