अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सिटौलाको दबाबपछि तीव्र गतिमा अघि बढ्यो भद्रपुर–विर्तामोड सडक निर्माण

भद्रपुर, असार १४ । राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको पहल र दबाबपछि भद्रपुर–विर्तामोड सडक खण्डअन्तर्गत चन्द्रगढी क्षेत्रको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ।

Advertisement

सडक मिचेर बनाइएका टहरा हटाउन सर्वोच्च अदालतले स्थानीयको रिट खारेज गरेसँगै सडक निर्माणको बाटो खुलेको हो। विगतमा ३ किलोमिटर सडक चन्द्रगढी खण्डको काम ठप्प हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो।

Advertisement

सडक विभाग दमकका इञ्जिनियर उज्वल खतिवडाका अनुसार, असार मसान्तसम्म बेस ग्राभेलको काम सक्ने र २०८२ सालको पौष मसान्तसम्म सम्पूर्ण सडक निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

२०७७ माघ ६ गते ५८ करोड रुपैयाँ लागतमा काठमाडौंको एमएस कन्टेक प्रालि सँग सम्झौता भई ३० महिनाभित्र निर्माण सक्ने भनिए पनि ३०% मात्र काम भएको थियो। हाल भने बाँकी काम कञ्चन निर्माण सेवाले पेटी कन्ट्याक्ट मार्फत अघि बढाइरहेको छ।

७१ प्रतिशत काम सम्पन्न भएको जनाइएको सडक निर्माण योजनाले समयमै सम्पन्न हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article