हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

गोमेन्द्र बिर्ता मोडेल स्कुलले कक्षा ११–१२ काे शुल्क सार्वजनिक

बिर्तामोड, झापा । बिर्तामोड–४ मुनाल टोलस्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलले कक्षा ११ र १२ मा अध्यापन हुने विषयहरूको शुल्क सार्वजनिक गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडिज विषयको शुल्क विवरण सार्वजनिक गरेको हो।

Advertisement

विद्यालयका निर्देशक उत्तम खनालका अनुसार, मध्यम तथा निम्न आय भएका विद्यार्थीलाई लक्षित गरी सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यसहित कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ।

Advertisement

होटल म्यानेजमेन्टमा डिप्लोमा र इन्टर्नशिपको व्यवस्था

होटल म्यानेजमेन्टको कक्षा ११ का लागि भर्ना, मासिक र प्रयोगात्मक शुल्क गरी ८५ हजार रुपैयाँ शुल्क तोकिएको छ। साथै, मलेसियाको लिंकन युनिभर्सिटीसँग सहकार्यमा सञ्चालित विभिन्न डिप्लोमा कोर्षहरूमा शुल्क यसप्रकार तोकिएको छ:

– डुअल कोर्ष – २ लाख ५० हजार 

 – प्रोफेसनल डिप्लोमा – २ लाख ५० हजार

 – एक्जिक्युटिभ प्रोफेसनल डिप्लोमा – ३ लाख ७० हजार 

  – डिप्लोमा इन कलिनरी आर्ट्स – २ लाख २० हजार 

   – एक्जिक्युटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरी आर्ट्स – ५ लाख १० हजार

यी सबै कार्यक्रमहरूमा परीक्षा दर्ताका लागि १२० अमेरिकी डलर अतिरिक्त लाग्ने विद्यालयले जनाएको छ।

भाइस प्रिन्सिपल तीर्थ दाहालका अनुसार, होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि मेची क्राउन, मेरियट, र्याडिसन, रमदा जस्ता होटलहरूमा इन्टर्नशिपको व्यवस्था गरिएको छ।

कम्प्युटर साइन्स र बिजनेस स्टडिजमा सहज शुल्क

विद्यालयकी प्रिन्सिपल गीता ढकालका अनुसार कम्प्युटर साइन्समा भर्ना शुल्क ८ हजार र मासिक शुल्क ४ हजार रुपैयाँ तोकिएको छ। बिजनेस स्टडिजको भर्ना शुल्क ८ हजार र मासिक शुल्क ३ हजार ५ सय रुपैयाँ रहेको छ।

प्राविधिक तालिम पनि उपलब्ध

विद्यालयले CTEVT अन्तर्गत वेटर, वेट्रेस, रिसेप्सनिष्ट, बारटेन्डर लगायतका छोटो अवधिका प्राविधिक तालिमहरू पनि सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)