हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

किसानको प्रगतिविना मुलुकको विकास सम्भव छैन : नेता सिटाैला

हल्दीबारी (झापा), असार १५ — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटाैलाले किसान र श्रमिकको जीवनस्तर उकासिनु बिना देशको समृद्धि सम्भव नभएको बताएका छन्।
नेपाल किसान महासङ्घ झापाद्वारा हल्दीबारीमा आयोजित धान महोत्सवमा बोल्दै नेता सिटौलाले संविधानमा किसानका हक–हित स्पष्ट रूपमा उल्लेख भए पनि व्यवहारमा उनीहरू उपेक्षित रहेको उल्लेख गरे।
 “राज्यले बीउ, मल र उत्पादनको मूल्य सुनिश्चित गर्नुपर्छ। किसानका नाममा छुट्याइएको अनुदान वास्तविक किसानसम्म पुग्न जरुरी छ,” सिटौलाले भने, “देश बनाउने हो भने माटोमा पसिना बगाउने किसानको पीडा बुझ्नुपर्छ।”
नेता सिटौलाले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दाहरू समेट्न पहल भइरहेको जानकारी पनि दिए। उनले स्थानीय तथा प्रदेश सरकारलाई किसानमैत्री नीति ल्याउन आग्रह गरे।
कार्यक्रममा नेपाल किसान महासङ्घ झापाका अध्यक्ष रतन सुब्बाले किसानहरू अझै पनि मलको अभाव, उचित मूल्य नपाउने समस्या, र चैते धान बिक्रीमा भोगिरहेको अन्याय जस्ता समस्या झेल्न बाध्य भएको उल्लेख गर्दै नेता सिटौलालाई ज्ञापनपत्र बुझाएका थिए।
नेपाली कांग्रेस हल्दीबारी गाउँ समिति अध्यक्ष गंगाप्रसाद प्रसाईले स्वागत अभिनन्दन गरेको कार्यक्रममा  कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूमिप्रसाद राजवंशी,नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरू लगायतको बाक्लो रुपमा उपस्थित रहेको थियो।
उक्त अवसरमा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला लगायत उपस्थित महानुभावहरुले धान रोपेर हर्ष उल्लास मनाएका थिए।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)