शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा एसईई २०८१: सामुदायिक विद्यालयको नतिजा सुधार, ६५.९१% विद्यार्थी उत्तीर्ण

हल्दीबारी, असार १५ । हल्दीबारी गाउँपालिकामा २०८० को तुलनामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयहरूको नतिजामा उल्लेखनीय सुधार देखिएको छ। शिक्षा शाखाका अनुसार यस वर्ष ४६७ जना परीक्षार्थीमध्ये ३०८ जना विभिन्न श्रेणीमा सफल भएका छन्। यो कुल ६५.९१ प्रतिशत उत्तीर्ण दर हो।

Advertisement

शिक्षा शाखाबाट प्राप्त विवरणअनुसार, हल्दीबारी माविका साधारणतर्फ ९५ विद्यार्थीमध्ये ३४ जना र बाली विज्ञानतर्फ ३० विद्यार्थीमध्ये १८ जना उत्तीर्ण भएका छन्। जनजागृति माविमा ७८ मध्ये ४६ जना, पञ्चायत माविमा ८ मध्ये ३ जना, महेन्द्र माविमा ३५ मध्ये १७ जना र लक्ष्मी माविमा २६ मध्ये ११ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन्।

Advertisement

त्यस्तै, सरस्वती माविमा १७ विद्यार्थीमध्ये ९ जना उत्तीर्ण भएका छन्। संस्थागत विद्यालयहरूको तर्फमा क्यानभी एकेडेमीका सबै २६ विद्यार्थी उत्तीर्ण भएका छन् भने सिग्मा अंग्रेजी स्कूलका ३५ मध्ये ३३ जना उत्तीर्ण भएका छन्। चिलेन गार्डेन एकेडेमीका ४४ मध्ये ४३ र चिलिन गार्डेन अंग्रेजी विद्यालयका ५० मध्ये ४५ विद्यार्थीले सफलता प्राप्त गरेका छन्।

गएको वर्ष (२०८०) मा हल्दीबारीका सामुदायिक विद्यालयहरूबाट मात्र करिब २८% विद्यार्थी उत्तीर्ण भएका थिए। तर, यस वर्षको ५०% भन्दा बढीको प्रगति शिक्षा शाखाले पालिकाको निरन्तर सहयोग, अनुगमन, शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक मेहनतको फल भएको बताएको छ।

रिजल्ट सन्तोषजनक नभए पनि अघिल्ला वर्षको तुलनामा आएको सुधारलाई सकारात्मक संकेतको रूपमा लिनुपर्ने देखिन्छ। शिक्षा प्रणालीको गुणस्तर सुधार्न विद्यार्थीको चरित्र, शिक्षकको समर्पण, विद्यालय प्रशासन र अभिभावकको भूमिका अझ निर्णायक हुने स्पष्ट छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article