समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा अर्जुनधारास्थित खड्का फर्निचरमा आगलागी, १२ लाख बढीको क्षति

झापा, २०८२ असार १६। झापा जिल्ला अन्तर्गत अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा रहेको खड्का फर्निचरमा मिति २०८२ साल असार १६ गते राति करिब १२:०० बजे विद्युत सर्ट भई आगलागी भएको छ।

Advertisement

मोती बहादुर खड्काको स्वामित्वमा रहेको टिनको छानो र घेराबारासहितको एकतले फर्निचर उद्योगमा अचानक आगलागी भएको सूचना राति १२:०५ बजे प्रहरी चौकी बसपार्कमा प्राप्त हुनासाथ, प्रहरी निरीक्षक नोरजङ्ग लामाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। दमकल, बिर्तामोड नगरपालिका तथा स्थानिय बासिन्दाहरूको सहयोगमा करिब ३० मिनेटको प्रयासपछि राति १२:३० बजे आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो।

Advertisement

आगलागीबाट फर्निचर उद्योगमा प्रयोग हुने काठ चिर्ने मेसिन १ थान र ठूलो परिमाणमा रहेका काठपात पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यद्यपि, घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको पुष्टि गरिएको छ।

विद्युत सर्टकै कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article