शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

होटल म्यानेजमेन्टमा आदर्शको ‘प्रयोगात्मक मोडेल’: किताबदेखि किचनसम्म, कक्षादेखि प्रदेश च्याम्पियनसम्म

बिर्तामोड, झापा । वि.सं. २०७४ सालमा निदि सेकेन्डरी स्कुलले बिर्तामोडमा होटल म्यानेजमेन्टको ब्लक सञ्चालन गर्दा जम्मा ८० विद्यार्थी थिए। तर आज ‘आदर्श स्कुल अफ म्यानेजमेन्ट’ को नाममा परिचित यो संस्था ४०० भन्दा बढी विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ। यसको मूल कारण हो – प्रयोगात्मक शिक्षामार्फत विद्यार्थीमा आत्मविश्वास र व्यावसायिक क्षमता विकास।

Advertisement

Advertisement

विद्यालयका प्रबन्ध निर्देशक सञ्जोग खरेलका अनुसार, “हाम्रो सफलता तीनवटा खुसीमा आधारित छ– अभिभावकको सन्तुष्टि, विद्यार्थीको आत्मविश्वास र शिक्षकको समर्पण।” यही दृष्टिकोणले आदर्शलाई प्रदेशमै नमुना बनाएको हो।

विद्यालयको औसत शैक्षिक नतिजा ९० प्रतिशतभन्दा माथि रहेको छ भने हिसानद्वारा आयोजित परीक्षामा छात्रा सन्ध्या गुरुङले झापा टप गरेकी थिइन्।

सीप र प्रयोगात्मक शिक्षाको उत्कृष्ट संयोजन

यहाँका विद्यार्थीले किताबी ज्ञान मात्र होइन, व्यवहारिक सीप सिक्ने प्रशस्त अवसर पाउँछन्। ‘फुड प्रोडक्सन’, ‘फुड एन्ड बेभरेज सर्भिस’, ‘फ्रन्ट अफिस म्यानेजमेन्ट’ र ‘हाउसकिपिङ’ जस्ता विषय व्यवहारमै सिकाइन्छ। विद्यार्थीले ‘मिक्सोलोजी’, ‘बारिस्ता’, ‘बेकरी’, र ‘पेस्ट्री’ समेत व्यावहारिक रूपमा सिक्न पाउँछन्।

विद्यालयले सञ्चालन गरेको ‘एम्बेसडर क्याफे’ मा विद्यार्थीले आफ्नै हातले बनाएका परिकार बिक्री गरेर उद्यमशीलताको अभ्यास गर्छन्। यसबाहेक, ‘आदर्श एम्बेसडर क्लब’ मार्फत उनीहरू सामाजिक उत्तरदायित्व, पर्यटन दिवसको कार्यक्रम र जनचेतनामूलक अभियानमा समेत सहभागी हुन्छन्।

खेलकुद, संस्कृति र नेतृत्वको समन्वय

खेलकुद र सांस्कृतिक गतिविधिमा पनि आदर्श अग्रस्थानमा छ। हिसान फुटबलमा प्रदेश च्याम्पियन तथा भलिबलमा कोशी प्रदेशमा दोस्रो स्थान प्राप्त विद्यालयका विद्यार्थीलाई व्यावसायिक प्रशिक्षकद्वारा प्रशिक्षण दिइन्छ। यस्तै, ‘राष्ट्रिय भाक्का दिवस’ जस्ता सांस्कृतिक कार्यक्रममा विद्यार्थीको उल्लेखनीय भूमिका देखिन्छ।

सामाजिक उत्तरदायित्व र पहुँच विस्तार

विद्यालयले सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ। वृद्धाश्रममा सेवा, निःशुल्क बारिस्ता तालिम जस्ता कार्यक्रमले विद्यार्थीमा सेवाभाव र मानविकता विकास गरिरहेको छ।

आगामी भविष्यका लागि आधार

बिहान ६:३० देखि १०:०० बजेसम्म नियमित कक्षा, अतिरिक्त दुई घण्टा प्रयोगात्मक प्रशिक्षण र निःशुल्क कोचिङको संयोजनले विद्यार्थीको दक्षता बढाएको छ। परिणामतः यहाँका विद्यार्थी आज देश-विदेशका प्रतिष्ठित होटल र रेस्टुरेन्टहरूमा सफलता हासिल गरिरहेका छन्।

आदर्श: एक सशक्त शैक्षिक अभियान

यज्ञराज कणरिया र प्रवेश खनालको नेतृत्वमा सञ्चालित आदर्श स्कुल अफ म्यानेजमेन्ट झापा, मोरङ, सुनसरीदेखि ताप्लेजुङसम्मका विद्यार्थीको पहिलो रोजाइ बन्न पुगेको छ। शान्त वातावरण, यातायात सुविधा, मिनी भलिबल स्टेडियमसहितको पूर्वाधारले यो संस्थालाई शैक्षिक अभियानको बलियो खम्बा बनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article