हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा सामुदायिक विद्यालयका १० जनाले ल्याए ४ जीपीए

हल्दीबारी, असार १६ — २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका सामुदायिक विद्यालयका विद्यार्थीहरूले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन्। जिल्लाबाट चार जीपीए ल्याउने ३१ विद्यार्थीमध्ये १० जना सामुदायिक विद्यालयबाटै रहेका छन्।

Advertisement

यस वर्ष बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयबाट अनुपमा निरौला, अनुराग लुइँटेल, अश्विन लुइँटेल र एलिना तिम्सिना चार जीपीए ल्याउन सफल भएका छन्। साथै, भद्रपुरस्थित वीरेन्द्र माध्यमिक विद्यालय चन्द्रगढीका दीप मोते, बिर्ताबजारस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयकी विद्या दाहाल, मेचीनगरस्थित इस्ट होराइजन माध्यमिक विद्यालयकी अन्वेषा श्रेष्ठ, अर्जुनधारास्थित लक्ष्मी माध्यमिक विद्यालयका आशुतोष ढुगेल, र दमकस्थित हिमालय माध्यमिक विद्यालयका एन्जल लुइँटेल र अवसर शर्माले पनि चार जीपीए ल्याएर सामुदायिक शिक्षामा नयाँ आयाम थपेका छन्।

Advertisement

यी विद्यार्थीहरूले देखाएको उत्कृष्ट नतिजाले सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर उच्च रहेको प्रमाणित गरेको छ। शिक्षाविद् र अभिभावकहरूले सामुदायिक विद्यालयहरूमा विश्वसनीयता र लगनशीलताको भावना बलियो भएको बताएका छन्।

यसका साथै, निजी विद्यालयका विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा देखाएका छन्। गौरादहस्थित इमिनेन्ट कञ्चनजङ्घा इङ्गलिस बोर्डिङ स्कुलका चार जना विद्यार्थीले चार जीपीए ल्याएका छन् भने गौरीगञ्जस्थित ज्ञानोदय आवासीय माध्यमिक विद्यालयकी सलिना कार्की पनि चार जीपीए ल्याउने विद्यार्थीमा पर्छिन्।

झापाका अन्य निजी विद्यालयहरूबाट पनि दर्जनौं विद्यार्थीले चार जीपीए ल्याएर जिल्लाको शैक्षिक स्तर उकास्न सहयोग पुर्‍याएका छन्।

समग्रमा, यो वर्ष झापामा सामुदायिक विद्यालयका विद्यार्थीहरूले देखाएको चमकले स्थानीय शिक्षा प्रणालीलाई अझ सशक्त र प्रेरणादायी बनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)