स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा ८ जना कोरोना संक्रमित फेला

झापामा कोभिड–१९ संक्रमण फेरि देखिन थालेपछि स्वास्थ्य निकायहरू सक्रिय बनेका छन्।

Advertisement

हालै जिल्लामा फाइजर ब्रान्डको १५ हजार डोज कोरोना खोप भित्रिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख डा. रमेश बाराकोटीले जानकारी दिनुभयो।

Advertisement

स्वास्थ्य कार्यालयका अनुसार नयाँ खोप कार्यक्रम विशेष गरी रोग प्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती महिला, १२ वर्ष माथिका व्यक्ति, र ५–११ वर्षका बालबालिकालाई लक्षित गरिएको छ।

बाराकोटीका अनुसार, “झापाका सबै पालिकासँग समन्वय गरी नयाँ तालिका अनुसार खोप अभियान अघि बढाइनेछ।” यस अभियानले संक्रमण रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यसैबीच, झापामा हालसम्म ८ जना  कोरोना (कोभिड) संक्रमित फेला परेका छन्। तीमध्ये पाँच जना झापाका, एक/एक जना मोरङ, इलाम र दोलखाका रहेको जनाइएको छ। स्थिति गम्भीर हुन सक्ने आकलन गर्दै मेचीनगरको काँकरभिट्टा नाकामा शंकास्पद यात्रुहरूको परीक्षण सुरु गरिएको छ।

तीन जना स्वास्थ्यकर्मी परीक्षणमा खटाइएका छन् भने, संक्रमितलाई कुन अस्पतालमा राख्ने भन्ने विषयमा अन्योल देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article