समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शिवसताक्षीका १९ वर्षीय रोमनको मृत्यु शङ्कास्पद देखिएपछि दाहसंस्कार रोकी शव पोस्टमार्टमको लागि पठाइयो

झापा । झापा शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय रोमन थापाको मृत्यु शङ्कास्पद देखिएपछि परिवारले अन्त्येष्टि प्रक्रिया रोकी शवलाई पोस्टमार्टमका लागि धरान पठाएका छन्।

Advertisement

असार १४ गते बिहान बिरामी भएपछि उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारको क्रममा बिहान १०:३० बजे अस्पतालमै उनको मृत्यु भएको थियो। त्यसपछि सोही दिन आफन्तहरूले शव बुझी घरमा ल्याएर राखेका थिए।

Advertisement

तर भोलिपल्ट जब दाहसंस्कारको तयारी भइरहेको थियो, त्यति बेला रोमन थापाको केही दिनअघि पहिचान नखुलेका व्यक्तिहरूसँग झगडा भएको र कुटपिटसमेत भएको भन्ने अपुष्ट सूचना परिवारले प्राप्त गरेको थियो। उक्त सूचना पाएपछि मृतकको परिवारले मृत्यु शङ्कास्पद रहेको भन्दै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएका थिए।

प्रादेशिक अस्पतालले आवश्यक पूर्वाधार र चिकित्सकको अभाव जनाउँदै पोस्टमार्टम गर्न नसक्ने बताएपछि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) लगिएको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। उनले भने, “अहिलेसम्म कसैविरुद्ध कुनै औपचारिक उजुरी परेको छैन, उजुरी परेपछि अनुसन्धान अघि बढाइनेछ।” पोस्टमार्टम रिपोर्ट आउञ्जेलसम्म रोमनको अन्त्येष्टि स्थगित गरिएको परिवारले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article