हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुर नाकाबाट मलद्वारमा लुकाएर लागुऔषध ल्याउने बुद्धशान्तिका दिपक सम्बाहाम्फे पक्राउ

भद्रपुर, झापा । झापा जिल्ला भद्रपुर नगरपालिका–५, मेचिबिटस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

Advertisement

प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आइरहेका झापा बुद्धशान्ति गाउँपालिका–४, जुनेली बस्ने २९ वर्षीय दिपक सम्बाहाम्फेमाथि शंका लागि चेकजाँच गर्दा, उनले मलद्वारभित्र प्लास्टिकको पोका लुकाई ल्याएको अवस्थामा लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसिलो पदार्थ फेला पारेको हो।

Advertisement

पक्राउ परेका व्यक्तिबाट प्लास्टिकसहित ३ ग्राम ३१० मिलिग्राम र प्लास्टिक बाहेक ३ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)