समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिका-६ मा रातको समयमा  आगलागी: मण्डलको घर जलेर खाक, ४ सय परेवा नष्ट

झापा, असार १७ । झापाको झापा गाउँपालिका–६ स्थित बियर फ्याक्ट्री नजिकै राधेश्याम मण्डलको घरमा मंगलबार राति ८:३० बजे आगलागी भएको छ।

Advertisement

वडा नं ६ का अध्यक्ष नविनकिशोर थापाका अनुसार आगलागीको कारण मण्डलको भान्सा घरमा रहेको ग्यास सिलिन्डर विस्फोट भएको हो। बाँसको टाटीले बारिएको र माथि टिनको छाना भएको भान्सा तथा बसोबासको घरमा लागेको आगोले ठूलो क्षति पुर्‍याएको छ।

Advertisement

आगलागीका कारण करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जनाइएको छ। विशेष रूपमा मण्डलले घरमै पालेका करिब ४ सय परेवा जलेर नष्ट भएका छन्।

स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको वडाध्यक्ष थापाले जानकारी दिएका छन्।

सांकेतिक तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article