समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रतिबन्धित औषधी सहित दमकका सागर कुमाल पक्राउ

झापा, दमक । झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर ९ क्यामपसमोड स्थित एक स्थानमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज असार १८ गते अन्दाजी दिउँसो १२:३० बजे तिर, प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

Advertisement

प्रहरीका अनुसार, दमक नगरपालिका वडा नम्बर ९ देउराली टोल बस्ने वर्ष १९ का सागर कुमालले पछाडि बोकेको कालो झोलाको चेकजाँच गर्दा, झोलाभित्र बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिँडेको प्रतिबन्धित लागुऔषधजन्य औषधीहरू फेला परेको हो।

Advertisement

प्रहरी टोलीले झोलाबाट Diyse-20 लेखिएको ९ पत्ता (९० पिस) तथा ट्रामाडोल ९ पत्ता (९० क्याप्सुल) फेला पारेको जनाएको छ। सागर कुमाललाई उक्त औषधीसहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article