धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मनकामना माताले हामी सबैको रक्षा गरून्, हेर्नुहाेस आजकाे राशिफल (२०८२/०३/१९ गते)

आज २०८२ असार १२ गते विहीवारको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरूको विचारमा परिवर्तन आउनेछ। कार्यक्षेत्रमा मातापिता को सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा सहयोगीहरूले साथ दिनेछन्। परिश्रम गर्दा व्यापारलाई बढाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

Advertisement

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्ममा मन रमाउनेछ। आर्थिक समस्याले सताउनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक उत्तरदायित्व बढ्नेछ। कार्यक्षेत्रमा कुनै अपेक्षित कार्यले व्यस्त भइनेछ। मानसिक तनावबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुको वादविवादमा आफू अगाडि नसर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सरकारी नोकरीमा सफलता मिल्नेछ। लगनशीलताले शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसाय वा घरपरिवारमा संवेदनशील मामलाहरूमा धैर्यताको परिचय दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा आफ्नो प्रतिभालाई देखाउने अवसर मिल्नेछ। आत्मविश्वासले निर्णय लिनुहोस् सफलता मिल्नेछ। गोप्य कुराहरू कसैसँग उजागर नगर्नुहोस। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सानातिना कुरामा वचन दिने बानीले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ। अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समय अनुसार आफूलाई अनुकूल बनाउँदै जानुहोस्। सामाजिक दायित्व निर्वाहमा सफलता मिल्नेछ। आयआर्जनका नयाँ स्त्रोतहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दीर्घकालीन महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। सबैतिरबाट सद्भाव प्राप्त हुनेछ। रोकिएका महत्वपूर्ण कामहरू थालनी हुनेछन्। आजको शुभ रंग सेत‍ो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थी वर्गहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्य सबल हुनुका साथै इच्छाशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article