समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जंगली हात्तीको आक्रमणबाट झापा गरामनीमा एक वृद्धको घटनास्थलमै मृत्यु

झापा, २०८२ असार १९ गते । झापा जिल्ला बिर्तामोड नगरपालिका–०७ फक्तालुङ्ग बस्ने ५९ वर्षीय लोक प्रसाद लिम्बुको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको छ।

Advertisement

आज बिहान करिब ३:४५ बजे आफ्नै घरको आँगनमा शौच गर्न निस्केका लिम्बुलाई एक जंगली हात्तीले अचानक आक्रमण गरी किच्दा तत्कालै घटनास्थलमै मृत्यु भएको हो। आक्रमणपश्चात हात्ती दक्षिण दिशातर्फ भागेको बताइएको छ।

Advertisement

टेलिफोन मार्फत घटनाको जानकारी प्राप्त हुनासाथ गारामनीस्थित अस्थायी प्रहरी चौकी (अप्रचौ) बाट टोली खटिइ घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनीबाट थप टोली घटनास्थल पुगेको छ। मृतकको शव पोष्टमार्टमका लागि पार्देशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article