समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुर भन्सार कार्यालयको दोस्रो तल्लाबाट लडेर ३६ वर्षीय अमृत राजबंशी घाइते

भद्रपुर, झापा । झापा जिल्ला भद्रपुर नगरपालिका वडा नं. ५ मा रहेको भन्सार कार्यालयको तीन तल्ले भवनको दोस्रो तल्लाबाट खस्दा एक जना व्यक्ति घाइते भएका छन्।

Advertisement

आज बिहान करिब ११:४० बजे बोक्ताबारी घर भएका ३६ वर्षीय अमृत राजबंशी टायलको काम गर्ने क्रममा अचानक लडेर घाइते भएका हुन्। उनलाई तुरुन्तै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। प्रारम्भिक जानकारी अनुसार, उनको हात, टाउको, दाहिने घुँडामा तथा शरीरका भित्री भागमा चोट लागेको छ। अवस्था मध्यम रहेको बताइएको छ।

Advertisement

घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article