शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शिक्षा, स्वास्थ्य र सम्भावनाको उज्यालो बिहानी: हल्दिबारीले रचेको गौरवको कथा

अभिषेक खतिवडा /  हल्दिबारी । जहाँ शिक्षा उज्यालो छ, त्यहाँ भविष्य अन्धकार हुन सक्दैन। जहाँ साक्षरताको चेत खुल्छ, त्यहाँ समाजको बाटो फराकिलो हुन्छ। जहाँ स्वास्थ्यमा सजगता हुन्छ, त्यहाँ जीवन दीर्घ र समृद्ध हुन्छ।

Advertisement

यस्तै सकारात्मक परिवर्तनको जीवन्त उदाहरण बनेको छ हल्दिबारी गाउँपालिका — जहाँ एउटै मञ्चमा शिक्षा, स्वास्थ्य र चेतनाको साझा उत्सव मनाइएको छ।

Advertisement

गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षता र पूर्व उपप्रधानमन्त्री तथा जलस्रोत तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, पूर्ण साक्षरता, पूर्ण खोप सुनिश्चिता, दिगोपनाको लक्ष्य र गाउँ शिक्षा योजना सार्वजनिक गरियो।

कार्यक्रमकै विशेष अवसरमा एसईई २०८१ मा उच्चतम नतिजा ल्याउने ३२ जना विद्यार्थीहरूलाई सम्मान गरियो — जुन केवल पुरस्कार मात्र होइन, एक सन्देश थियो:
“हामी हाम्रा सपना साकार पार्न तयार छौं।”

कार्यक्रममा शिक्षा शाखा प्रमुख जानक कुमारी राईले साक्षरताको सम्भव यात्रा प्रस्तुत गरिन् भने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले स्वास्थ्य क्षेत्रमा गरिएको निरन्तर प्रयास र चुनौतीहरूबारे जानकारी गराए।

जब प्रमुख अतिथि राजेन्द्र लिङ्देनले हल्दिबारीलाई पूर्ण साक्षर तथा पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्दै भने:

“तपाईंहरू जुनसुकै क्षेत्रमा जानुहोस्, तर राम्रो मान्छे बन्न नछुटाउनुहोस् – इमानदार रहनुहोस् र कहिल्यै भ्रष्ट नबन्नुहोस्।” त्यस आवाज केवल प्रेरणाको थिएन, त्यो चेतनाको घण्टी थियो।

त्यसै क्रममा हल्दिबारी वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष रचना कुलुङ राईले विद्यार्थीहरूलाई शुभकामना दिँदै भनिन्:  “शिक्षामा गरिएको लगानी कहिल्यै व्यर्थ जाँदैन, किनभने यही शिक्षा तपाईंहरूको पहिचान बन्नेछ।”

उनले सामुदायिक र संस्थागत विद्यालयको नतिजाबीच देखिएको अन्तरप्रति चासो पनि व्यक्त गरिन्। यद्यपि, यो वर्षको एसईई नतिजामा उल्लेखनीय सुधार देखिएको छ — २०८० मा ४०% मात्र सफल विद्यार्थीको संख्या, अहिले ६६% पुगेको छ।
यो प्रगति केवल आँकडा होइन, जनताको विश्वास र शिक्षकहरूको श्रमको परिणाम हो।

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले गर्नुभएको थियो भने सञ्चालन तथा सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले कुशलतापूर्वक गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article