स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शिवसताक्षीकी बालिकाको डेंगु संक्रमणबाट निधन, झापामा यस वर्ष पहिलो मृत्यु

झापा । डेंगु संक्रमणबाट झापामा एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ।

Advertisement

स्वास्थ्यमा समस्या देखिएपछि शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी छोरी सुरविरा राईलाई बिहीवार बीएण्डसी अस्पताल, झापामा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा शुक्रबार बिहान ८:२५ बजे उनको निधन भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए।

Advertisement

यो घटना झापामा यस वर्ष डेंगु संक्रमणका कारण भएको पहिलो मृत्यु हो।गत वर्ष डेंगुबाट दुई जनाले ज्यान गुमाएका थिए।

मनसुन सुरु भएसँगै झापामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ। संक्रमितमध्ये अधिकांश बिरामी बिर्तामोड क्षेत्रका रहेका छन्। हाल बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना डेंगु संक्रमित उपचारमा रहेका छन्।

फोकल पर्सन बरालका अनुसार, झापामा डेंगुको संक्रमण असारदेखि असोजसम्म बढी देखिन्छ। तर पछिल्ला वर्षहरूमा झापामा बाह्रै महिना डेंगु संक्रमण देखिन थालेको तथ्यले चिन्ता बढाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article