हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बीएन्डसी अस्पतालबाट मुटुरोगीलाई निःशुल्क औषधि उपचार सेवा

बिर्तामोड / बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधि उपचार सेवा सुरु गरेको छ। अस्पतालले आज आइतबारदेखि लागू गरेको यो सेवा नेपाल सरकारको विपन्न नागरिक  औषधि उपचार कोषमार्फत प्रदान गरिनेछ।

Advertisement

उक्त कोष अन्तर्गत प्रति बिरामी एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क उपलब्ध हुनेछ। अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार, मुटु रोगका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको हो।

Advertisement

“सरकारसँगको समन्वयमा कोशी प्रदेशमै पहिलोपटक यस्तो सेवा सुरु गरेका छौं,” उनले भने, “यसले विपन्न वर्गका मुटुरोगीलाई राहत दिने विश्वास लिएका छौं।”

अस्पतालले मुटु रोगसम्बन्धी परीक्षण, औषधि, शल्यक्रिया र विशेषज्ञ परामर्श सेवा निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ।

बीएन्डसी अस्पताल कोशी प्रदेशमै क्यान्सर, मिर्गौला डायलाइसिस, हेड तथा स्पाइनल इन्जुरी र मुटु रोग सम्बन्धी निःशुल्क सेवा प्रदान गर्ने पहिलो अस्पताल बनेको छ। अस्पतालले स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वअनुसार सेवा विस्तार गरेको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)