हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडको तक्षशिला स्कुललाई थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय पुरस्कार

बिर्तामोड, झापा / झापाको बिर्तामोडमा सञ्चालित तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुललाई थाइल्याण्डको बैंककमा सम्पन्न वल्ड स्कुल समिट २०२५ मा दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

Advertisement

अमेरिका, भारत, बङ्गलादेश लगायत विभिन्न देशका प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहेको समिटमा शैक्षिक उत्कृष्टता र रूपान्तरणकारी शिक्षामा उल्लेखनीय योगदान दिएको भन्दै तक्षशिला स्कुललाई सम्मान गरिएको हो।

Advertisement

विद्यालयले प्राप्त गरेका दुई पुरस्कारले स्कुलको दृष्टिकोण, नेतृत्व क्षमता तथा समग्र र बालमैत्री शिक्षाप्रति गरेको समर्पणलाई उजागर गरेको विद्यालय प्रशासनको भनाइ छ।
उक्त पुरस्कार विद्यालयका प्रबन्ध निर्देशक डा. निराजन प्रसाई र कार्यकारी निर्देशक डा. अन्जली कार्की प्रसाईलाई प्रदान गरिएको हो।

Best School for Holistic Education र Best School for Excellence in Montessori Education शीर्षकमा प्रदान गरिएका पुरस्कारले विद्यालयको अन्तर्राष्ट्रिय पहिचान झल्काएको छ।

विद्यालयले पछिल्ला दुई वर्षभित्र शैक्षिक वातावरणमा उल्लेखनीय र प्रगतिशील परिवर्तन ल्याउने प्रेरणादायी नेतृत्व प्रदान गरेको भन्दै स्कुललाई सम्मान गरिएको आयोजक पक्षले जनाएको छ।

समारोहमा विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. इग्नोसियस जोसेफ र मोन्टेसोरी निर्देशक सीमा जोसेफको पनि उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)