समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको मेचीनगरबाट खैरो हेरोइनसहित पाँचथरका युवक पक्राउ

झापा, २०८२ असार २३ । लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टा, झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा लागु औषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

Advertisement

जिल्ला झापा मेचीनगर नगरपालिका–६, पुरानो मेची पुल नजिक भारतको पानीट्याङ्कीबाट नेपाल तर्फ सिटि सफारीमा सवार भई आइरहेका पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल झापा शिवसताक्षी नगरपालिका–८ मा बसोबास गर्दै आएका २५ वर्षीय जितेन्द्र आङ्देम्बेलाई शंका लागि शारीरिक जाँच गर्दा निजको मलद्वारबाट निलो रंगको प्लास्टिकको पोका फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

प्लास्टिकको पोका खोल्दा लिसिलो पदार्थ जस्तो देखिने खैरो हेरोइन (ब्राउन हेरोइन) भेटिएको र उक्त लागु औषधलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित २ ग्राम ६३० मिलिग्राम तथा प्लास्टिक हटाउँदा २ ग्राम ८ मिलिग्राम रहेको पाइएको हो।

हाल निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टाले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article