समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ताप्लेजुङको सिदिङ्वामा चट्याङ लागेर एक जनाको मृत्यु, अर्का एक घाइते

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

Advertisement

सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको चट्याङ लागेर घाइते भएपछि साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement

पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमै बसिरहेका बेला लिम्बूलाई चट्याङ लागेको थियो। घाइते भएपछि उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकीमा पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको ज्यान गएको हो।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका १७ वर्षीय मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। उनीमाथि परेको चट्याङपछि अहिले सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article