समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा दुःखद घटना, पैनिले लियो ३७ वर्षे युवकको ज्यान

झापा, मेचीनगर ।  झापा जिल्ला अन्तर्गत मेचीनगर नगरपालिका वडा नं. ५ सिताराम टोल निवासी शुक बहादुर सुब्बाका ३७ वर्षीय छोरा उतम सुब्बाको पैनिमा डुबेर मृत्यु भएको छ।

Advertisement

प्राप्त जानकारी अनुसार, मंगलबार साँझ करिब ८:३५ बजे सुब्बा घरबाट करिब ३०० मिटर दक्षिणतर्फ रहेको पैनिमा डुबेको अवस्थामा फेला परेका थिए। घटनाको जानकारी प्राप्त भएपछि साँझ ८:४० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

Advertisement

हाल घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। थप विवरण आउन बाँकी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article