समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा काम गर्ने क्रममा पर्खाल लड्दा कामदारको मृत्यु

झापा — झापाको भद्रपुर नगरपालिका–६ स्थित राधाकृष्ण टोलमा नालाको काम गर्ने क्रममा पर्खाल लड्दा एक कामदारको मृत्यु भएको छ।

Advertisement

सघन सहरी भवन निर्माण विभागअन्तर्गतको नालाको काम गरिरहेका बेला ईन्द्र राउतको घरको कम्पाउण्डमा लगाइएको पर्खाल लड्दा बिर्तामोड नगरपालिका–९ लक्कीबारीका करिब ३५ वर्षीय लक्ष्मण कामती गम्भीर घाइते भएका थिए। यज्ञ निर्माण एण्ड सप्लायर्स प्रा.लि.ले नालाको कामका लागि उनलाई खटाएको थियो।

Advertisement

घाइते कामतीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेका छन्। शव अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article