समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मोबाइल चार्जबाट करेन्ट लाग्दा महिलाको मृत्यु

खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। गएराति करिब साढे ९ बजे घरमै मोबाइल चार्जबाट  गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीया इन्द्रा राईको ज्यान गएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता सुसान्त मिश्रका अनुसार राईलाई मोबाइल चार्जबाट हटाउने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी घटनास्थलमै ढलेकी थिइन् र तत्कालै मृत्यु भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। घरमा विद्युतीय सुरक्षा उपायको कमीका कारण यस्ता घटना हुन सक्ने भएकाले सचेत रहन प्रहरीको अनुरोध छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article